निर्णय नं. ४०५७ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: बैशाख  फै सला मिति :२०४६/११/०३  १६५३ अंक: १ निर्णय नं. ४०५७ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४६ सालको रि.नं. १३५२ आदेश भएको मिति: २०४६।११।३।४ मा निवेदक : पाँचथर जि.फलैचा गा.पं. वा.नं.६ बस्ने राजेन्द्र भन्ने चतुरमान वेधा विरुद्ध विपक्षी : निर्वाचन विशेष अदालत, मुकाम पाँचथर जिल्ला अदालतसमेत विषय : उत्प्रेषण (१) निर्वाचन विशेष अदालतले जुन आधारमा निर्वाचन बदर गर्ने ठहर्‍याएको छ सो निर्वाचन (निर्वाचन अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १४(२) बमोजिम बदर गर्नु पर्नेमा सम्पूर्ण निर्वाचन बदर गर्ने व्यवस्था गरे को दफा १४(१) को आधार उल्लेख गरे कोसम्म मिलेको देखिन नआई गल्ती गरे को देखिन आएकोले त्यतिकै आधारमा माग बमोजिम उत्प्रेषणको आदेश जारी गर्न पर्ने अवस्था नदेखिने । (प्रकरण नं. ९) निवेदक तर्फ बाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृ ष्णप्रसाद पन्त विपक्षी तर्फ बाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री माधव बास्कोटा आदेश न्या.हिरण्येश्वरमान प्रधान १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त टिपोट तथा निर्णय यस प्रकार छ :–

Select target paragraph3

Connect to a paragraph
Connect to an entity
Disable highlights
Add to table of contents