२ २०४३।१२।७ गते प्रधानपञ्च तथा उपप्रधानपञ्च समेतको चुनावमा म निवेदकको चस्मा चिन्ह, विपक्षीको खरायो चिन्ह, टिकारामको मादल चिन्ह र भोजप्रसाद खरे लको कोदालो चिन्ह थियो । म निवेदकले फलैचा गा.पं. को उपप्रधानपञ्चको चुनावमा ३८८ तथा विपक्षीले ३०६ र टिकाराम खरे लले २१३ तथा भोजप्रसाद खरे लले १४१ मत पाएको हुँदा सबै भन्दा बढी मत ल्याउने म उपप्रधानपञ्चमा निर्वाचित भएँ । चुनाव हुँदासम्म कु नै उजूर बाजूर थिएन । विपक्षीले मेरा उपर उजुरीपत्र दिएको भनी निर्वाचन अधिकृ त तथा प्रमुख जिल्ला अधिकारीज्यू समक्ष उजूरी दिनु भएको रहेछ । तर अनधिकृ त निकायमा दिएको उजुरी मतलाई निर्वाचन विशेष अदालतले म्याद जारी गरी मेरा प्रतिउत्तरपत्र पछि प्रमाणको उचित मूल्याड्ढन नगरी निर्वाचन विशेष अदालतबाट २०४५।१२।३ मा निर्णय गरी म निर्वाचित भएको बदर गरी विपक्षी नरप्रसाद अधिकारीलाई ३०८ मत पाएको भनी उपप्रधानपञ्चमा निर्वाचित भएको ठहर्छ भनी उल्लेख भएको छ । उक्त फै सलाबाट मेरो कानुनी एवं संवैधानिक अधिकार समेतमा आघात परे को हुँदा र कानुनको अन्य उपचार नभएकोले यस सम्मानीत अदालतको शरण पर्न आएको छु । सो फै सला रीत नपुगेको हुँदा अ.बं. ३५ नं. प्रतिकू ल छ । विपक्षीको उजूरीपत्रमा निर्वाचन (अपराध र सजायँ) ऐन, २०२४ को दफा १४ को उपदफा (१) र (२) को दावी लिएको छ सो ऐनको दफा १४(१)(६) (ख) अन्तर्गत बदर गर्नु पर्ने दर्खास्त सदर गरे को भनी दावी लिएको सोच्ने हो भने निर्वाचन बदरसम्म हुन सक्दछ उजूर गर्नेलाई निर्वाचित भएको भनी कदापी भन्न मिल्दैन । विपक्षी नरप्रसाद अधिकारीलाई उपप्रधानपञ्चमा निर्वाचित भएको ठहर्छ भनी गरिएको फै सला निर्वाचन (अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १४(१)(ख) प्रतिकू ल छ । त्यसमा पनि लाग्नै नसक्ने निर्वाचन (अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १४(१)(क) तथा १४(२)(क) लगाई फै सला गरे को स्वयं गलत छ । अतः निर्वाचन विशेष अदालत पाँचथरको मिति २०४५।१२।३ को निर्णय उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरी सो निर्णय कार्यान्वयन नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश जारी गरी पाउँ भन्ने समेत रिटनिवेदन जिकिर । ३. यसमा के कसो भएको हो ? विपक्षीबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु साथै अन्तरिम आदेशको छलफलको लागि विपक्षीलाई झिकाई पेश गर्नु भन्ने समेत ०४६।१।२५ मा एक न्यायाधीशको इजलाशको आदेश ।

Select target paragraph3