२. वैदेशिक रोजगारको क्रममा मुलुकबाहिर रहेका नागरिकहरूलाई निर्वाचनमा मुलुक बाहिरबाटै मतदान गर्ने अवसर दिनुपर्ने हो वा होइन? ३. वैदेशिक रोजगारको क्रममा मुलुकबाहिर रहेका नागरिकहरूलाई मुलक बाहिरबाटै मतदान गर्ने अवसर दिनुपर्ने भए सो कार्यलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकिन्छ वा सकिँ दैन? ४. निवेदकको मागबमोजिमको आदेश जारी गर्नुपर्ने हो वा होइन? अब मतदानको अधिकार नागरिकको कस्तो प्रकारको अधिकार हो भन्‍ने सम्बन्धमा विचार गर्दा नागरिकलाई मतदानको अधिकार दिइनुको सैद्धान्तिक आधार र औचित्य के हो तथा यस सम्बन्धमा राष्ट्रि य तथा अन्तर्राष्ट्रि य कानूनले कस्तो व्यवस्था गरे को छ भन्ने सम्बन्धमा संक्षिप्त चर्चा गर्नु सान्दर्भिक हुने देखिन्छ । २. आवधिक निर्वाचन र बालिग मताधिकार कु नै पनि लोकतान्त्रिक प्रणालीको आधारभूत सर्त हो । लोकतन्त्रमा नागरिकहरू सार्वभौम हुन्छन् र बालिग मताधिकारको माध्यमबाट आफू मा निहित रहेको सार्वभौम अधिकारको अभ्यास गर्छ न् । आवधिक निर्वाचनमा नागरिकहरूले प्रयोग गर्ने मताधिकार नै शासनमा नागरिकको सहभागिता सुनिश्चित गर्ने सशक्त माध्यम हो । राज्यको शासन प्रक्रियामा सहभागी हुन पाउनु नागरिकको हक हो तर सबै नागरिकहरू एकसाथ राज्यको नीति निर्माणमा सरकारमा सहभागी हुन व्यावहारिक रूपमा नमिल्ने भएकोले एक व्यक्ति एक भोट (one person one vote) सिद्धान्तको आधारमा आफ्ना प्रतिनिधिहरू छनौट गरी नागरिकले शासन प्रक्रियामा सहभागिता जनाउँछन् । अर्को शब्दमा भन्नुपर्दा निर्वाचनको माध्यमबाट नागरिकहरूले छनौट गर्ने प्रतिनिधिहरू नागरिकको वारे स हुन् जसले नागरिकले प्रयोग गरे को मताधिकारमार्फ त् वैधानिकता प्राप्त गर्छ न् र नागरिकहरूको इच्छा, भावना र आवश्यकताको प्रतिनिधित्व गर्दै नागरिकको तर्फ बाट शासन प्रक्रियामा सहभागी हुन्छन् । सबै मानव जाति समान हुने हुँदा कोही माथि शासन गर्नको लागि त्यस्तो शासित वर्गको स्वतन्त्र सहमति प्राप्त हुनुपर्छ भन्ने दार्शनिक मान्यताको आधारमा लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकहरूलाई मतदान गर्ने अधिकार प्रदान

Select target paragraph3