गरिएको हुन्छ । लोकतान्त्रिक व्यवस्थामा सरकार गठनको प्रक्रियाहरू
देशअनुसार फरक हुन सक्छन् तर नागरिकको प्रत्यक्ष अप्रत्यक्ष मतदानको
माध्यमबाट सरकारमा सहभागिता जनाउने पद्धति हरे क लोकतान्त्रिक व्यवस्थामा
रहेको हुन्छ । लोकतान्त्रिक शासन व्यवस्थाको चरित्र भनेको लोकसम्मति वा
जनइच्छा अनुसार चल्नु हो र निर्वाचन नागरिकहरूको आफ्नो इच्छा अभिव्यक्त
गर्ने माध्यम हो । लोकतन्त्रमा मतदानमार्फ त् नै नागरिकहरूले कसलाई प्रतिनिधि
छान्ने तथा कस्तो कानून तथा नीति निर्माण गर्ने जस्ता आधारभूत प्रश्नहरूमा
आफ्नो धारणा अभिव्यक्त गर्ने भएकोले नागरिकको मतदान गर्ने अधिकार विचार
र अभिव्यक्तिको स्वतन्त्रतासँग पनि अन्योन्याश्रित रूपमा जोडिएको हुन्छ ।
३. नागरिकको मतदानको अधिकारको सम्बन्धमा विभिन्न राष्ट्रि य तथा अन्तर्राष्ट्रि य
कानूनले गरे को व्यवस्था हेर्दा नेपालको संविधान (२०७२) को प्रस्तावनामानै हामी
"सार्वभौमसत्ता सम्पन्न नेपाली जनता" भनी सम्बोधन गर्दै नेपाली जनताहरूले
आफू मा निहित सार्वभौमसत्ताको अभ्यास "आवधिक निर्वाचन" र "बालिग
मताधिकार" बाट गर्ने आशय व्यक्त गरिएको छ भने विचार र अभिव्यक्तिको
स्वतन्त्रतालाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ । त्यसै गरी
संविधानको धारा ८४(५) मा अठार वर्ष उमेर पूरा भएका प्रत्येक नेपाली
नागरिकलाई संघीय कानूनबमोजिम कु नै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने
अधिकार हुनेछ भन्ने व्यवस्था गरिएको छ भने धारा १७६(५) मा अठार वर्ष उमेर
पूरा भएको प्रदेशको क्षेत्रभित्र बसोबास गर्ने प्रत्येक नेपाली नागरिकलाई
कानूनबमोजिम कु नै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुनेछ भन्ने
व्यवस्था गरिएको छ । यसको अतिरिक्त धारा २२५(५) मा अठार वर्ष उमेर पूरा
भएका गाँउपालिकाको मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिलाई
संघीय कानूनमा व्यवस्था भएबमोजिम मतदान गर्ने अधिकार हुनेछ भन्ने व्यवस्था
गरिएको छ भने धारा २२३(५) मा अठार वर्ष उमेर पूरा भएको नगरपालिकाको
मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई संघीय कानूनबमोजिम
मतदान गर्ने अधिकार हुनेछ भन्ने उल्लेख भएको छ । यसरी विभिन्न तहको
आवधिक निर्वाचनमा मतदानमार्फ त् सहभागी हुन पाउने नेपाली नागरिकको
हकलाई नेपालको संविधान (२०७२) ले स्पस्ट रूपमा संरक्षण गरे कोले मतदान
गर्न पाउने अधिकार संवैधानिक हकको रूपमा रहेको देखिन्छ ।
सै
र्रा