४. यसैगरी विभिन्न अन्तर्राष्ट्रि य कानूनले पनि नागरिकको मताधिकारको सम्बन्धमा व्यवस्था गरे को पाइन्छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र,१९४८ को धारा १९ ले हरे क व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरे को छ भने धारा २१(३)मा निर्वाचन मार्फ त व्यक्त हुने जनताको इच्छा नै सरकारको आधिकारिताको आधार हुने भनी उल्लेख गरे को छ । यसबाहेक नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रि य प्रतिज्ञापत्र, १९६६ को धारा १९(२) मा हरे क व्यक्तिलाई अभिव्यक्तिको स्वतन्त्रता हुनेछ जसअन्तर्गत सबै किसिमको जानकारी वा विचारलाई खोज्न, प्राप्त गर्न वा अभिव्यक्त गर्ने अधिकार हुन्छ भनी उल्लेख भएको छ भने धारा २५ मा हरे क नागरिकलाई सार्वजनिक चासोको विषयमा आफैँ वा स्वतन्त्र रूपले छनौट गरिएको आफ्नो प्रतिनिधिमार्फ त भाग लिन एवं बालिग मताधिकारको प्रयोग गरी आफ्नो इच्छाको स्वतन्त्र अभिव्यक्तिको प्रत्याभूत गर्न स्वच्छ आवधिक निर्वाचनहरूमा मतदान गर्नबाट वञ्चित नगरिने भन्ने उल्लेख भएको छ । यसरी आवधिक निर्वाचनमा मतदान गर्न पाउने अधिकारलाई नेपालको संविधान तथा विभिन्न अन्तर्राष्ट्रि य कानूनले मानव अधिकारको रूपमा सुनिश्चित गरे को पाइन्छ । अतः निर्वाचनमा सहभागी भई मतदान गर्न पाउने नागरिकको संवैधानिक हकलाई कु नै पनि अवस्थामा अवरोध हुनु कानूनसङ्गत मान्‍न सकिँ दैन । ५. अब वैदेशिक रोजगारको क्रममा मुलुकबाहिर रहेका नागरिकहरूलाई मुलुकबाहिरबाटै मतदान गर्ने अवसर दिनुपर्ने हो वा होइन भन्ने दोस्रो प्रश्नको सम्बन्धमा विचार गरौं । प्रस्तुत रिट निवेदनमा निवेदकले संविधानले नागरिकहरूलाई मतदानको अधिकार प्रदान गरे को भए तापनि वैदेशिक रोजगारमा रहेका नागरिकहरूलाई मतदानको अवसर प्रदान गर्नको लागि राज्यले आवश्यक व्यवस्था नगरे कोले वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका लाखौं नागरिकहरू सो अवसरबाट वञ्चित हुनु परे को भन्ने जिकिर लिएकोमा विपक्षीहरूको लिखित जवाफको अध्ययन गरी हेर्दा वैदेशिक रोजगारीको क्रममा देशबाहिर रहेका नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्नको लागि कु नै व्यवस्था भएको खिँ दै ई

Select target paragraph3