प्रत्येक नेपाली नागरिकलाई मतदान गर्ने अधिकार प्रदान गरे को पाइन्छ । उक्त
व्यवस्थाले मतदानको अधिकार प्रयोग गर्नको लागि नेपाली भूमिमा नै रहेको वा
बसेको नेपाली नागरिक हुनुपर्ने भनी संकु चित (Limited) गरे को छै न तर निश्चय
पनि मतदानको अधिकार उपभोग गर्नको लागि नेपाली नागरिक हुनुपर्ने र सो नै
पर्याप्त हुने देखिन्छ । यसरी संविधानले नै प्रत्येक नागरिकलाई मतदानमा
सहभागी हुन पाउने समान अवसर प्रदान गरे को अवस्थामा स्वदेशमा रहेका
नागरिकहरूलाई सो अवसर प्रदान हुने तर वैदेशिक रोजगारको क्रममा
देशबाहिर रहेका नागरिकहरूलाई सो अवसर प्रदान नगर्नु समानताको
अधिकारको विपरीतसमेत हुने देखिन्छ ।
६. वैदेशिक रोजगारको क्रममा विदेशमा रहेका नागरिकहरूलाई निर्वाचनमा
मतदान गर्ने अधिकार प्रदान गर्ने नगर्ने भन्ने विषय निर्वाचनमा नागरिकको
सहभागितासँग जोडिएको विषय हो । लोकतान्त्रिक प्रणालीअन्तर्गत हुने निर्वाचन
के वल कु नै अमुक राजनीतिक दल वा व्यक्तिहरूले नेतृत्व प्राप्तिको लागि खेल्ने
प्रतिस्पर्धात्मक खेल होइन । यो नागरिकहरूले आफू मा निहित रहेको सार्वभौम
सत्ताको अभ्यास गरी शासन व्यवस्थामा सामेल हुने प्रक्रिया हो । त्यसैले निश्चित
समयको अन्तरालमा निर्वाचनको कार्यक्रम गर्दैमा मात्र नागरिकहरूको
मताधिकारको सम्मान भएको भनी मान्न मिल्दैन र यसो गर्दैमा मात्र राज्यको
दायित्व पूरा हुँदैन । निर्वाचन आफैँ मा एक सहभागितामूलक प्रक्रिया भएकोले
निर्वाचनमा जति धेरै नागरिकको सहभागिता हुन्छ निर्वाचन उति नै धेरै निष्पक्ष,
वैधानिक र जनअनुमोदित हुन जान्छ । तसर्थ निर्वाचनमा नागरिकहरूको
सहभागिताको स्तर कस्तो छ तथा सबै नागरिकहरूले समानताको आधारमा
भयमुक्त रूपमा स्वतन्त्र र निष्पक्ष निर्वाचनमा सहभागी हुने अवसर पाएका छन्
वा छै नन् भन्ने जस्ता प्रश्नहरूको सापेक्षतामा निर्वाचन गर्नुको वास्तविक मकसद
पूरा भयो वा भएन भनी परीक्षण गरिनुपर्छ ।
७. भूमण्डलीकरणको प्रभाव तथा देशभित्र रोजगारीको अवसरहरूको
अभावलगायतका कारणहरूले आज जनसंख्याको ठू लो हिस्सा विदेशमा रहेका
छन् । त्यसैगरी शिक्षाको लागि, रोजगारीको लागि, कु टनीतिक सेवाको लागि,
व्यापार व्यवसायको लागि तथा पारिवारिक सम्बन्धको कारणले पनि ठू लो
संख्यामा नागरिकहरू विदेशमा रहेका छन् । यसमध्ये पनि रोजगारी र अवसरको
वै