Who is absenting from his place of ordinary residence in India owing to
his employment, education or otherwise outside India shall be entitled to
have his electoral role in the constituency in which his place of residence
in India as mentioned in his passport is located.
१२. यसरी भारतले लामो समयसम्म विदेशमा रहेका नागरिकहरूलाई मतदानको
अवसर प्रदान नगरे कोमा सन् २०१० देखि रोजगारी, शिक्षा तथा अन्य कारणहरूले
गर्दा विदेशमा रहेका नागरिकहरूलाई उनीहरूको पासपोर्टमा उल्लिखित
ठे गानाअनुसारको निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम दर्ता गरी मतदान
गर्न पाउने अवसर प्रदान गर्नको लागि कानूनी व्यवस्था गरे को देखिन्छ भने
विदेशमा रहेका नागरिकहरूले आफ्नो प्रतिनिधि नियुक्त गरी वा इलेक्ट्रोनिक
भोटिङको माध्यमबाट मतदान गर्न पाउने व्यवस्था गरे को देखिन्छ । विदेशमा
रहेका नागरिकहरूलाई मतदानको अवसर दिने अर्को उदाहरणको रूपमा
नामिवियालाई लिन सकिन्छ । उक्त देशले Electoral Act, 2009 मा संशोधन गरी
सन् २०१४ को राष्ट्रि य निर्वाचनबाट विदेशमा रहेका नागरिकहरूलाई समेत
मतदानको अवसर प्रदान गरे को थियो । उक्त ऐनको दफा २३ मा In order to
enable persons temporarily outside Namibia to be registered as voters and
to take part in an election of the President or of members of the
National Assembly, as contemplated in section 22(1)(a), the
Commission may establish temporary registration points outside Namibia
at any Namibian diplomatic mission, or where possible, at the other
convenient places as may be determined by the Commission in
consultation with the Minister responsible for foreign affairs. उक्त
व्यवस्था हेर्दा विदेशमा अस्थायी रूपमा बसोबास गरिरहेका नागरिकहरूले पनि
राष्ट्र पति तथा राष्ट्रि य सभाको निर्वाचनमा विदेशस्थित कु टनीतिक नियोग वा
निर्वाचन आयोगले विदेश मन्त्रालयसँगको परामर्शमा तोके को अन्य उपयुक्त
स्थानबाट मतदान गर्न सक्ने देखिन्छ । त्यसैगरी जापानमा सन् २००५ को निर्वाचन
यता विदेशमा रहेका नागरिकहरूलाई पनि मतदानको अवसर प्रदान गरिएको छ
।
ई