कार्यमा सहभागी हुने अवसर प्रदान गर्न परमादेशसहित अन्य आदेश जारी
गरिपाउँ भन्ने मागदाबी लिएको देखिन्छ । वैदेशिक रोजगारीको क्रममा विदेशमा
रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार प्रदान गर्नको लागि
आवश्यक कानूनी तथा अन्य पूर्वाधारहरूको व्यवस्था हाल भैनसके को अवस्थामा
आवश्यक कानूनी तथा अन्य पूर्वाधारहरूको व्यवस्था नगरी तत्कालै वैदेशिक
रोजगारीको क्रममा विदेशमा रहेका नागरिकहरूलाई मतदानको अधिकार प्रदान
गर्न व्यावहारिक रूपमा सम्भव हुने नदेखिँदा प्रस्तुत रिट निवेदन खारे ज हुने ठहर्छ
।
१५. प्रस्तुत रिट निवेदन खारे ज हुने ठहरे तापनि माथिल्ला प्रकरणहरूमा विवेचना
भएबमोजिम निर्वाचनमा मतदान गर्न पाउने अधिकार नागरिकको आधारभूत
मानव अधिकार तथा संवैधानिक अधिकारसमेत भएको तथा निर्वाचनमा सबै
नागरिकको समान अवसरसहित वास्तविक भावना र इच्छासमेतलाई प्रतिनिधित्व
गर्नको लागि वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई मुलुक बाहिरबाटै सबै
तहको निर्वाचनमा मतदान गर्ने अवसर प्रदान गर्नुपर्ने देखिएको तथा सो कार्यलाई
व्यावहारिक रूपमा समेत कार्यान्वयन गर्न सकिने नै देखिँदा आवश्यक कानूनी र
अन्य पूर्वाधारहरूको व्यवस्था गरी वैदेशिक रोजगारीमा रहेका नेपाली
नागरिकहरूलाई मतदान��ो अधिकार प्रदान गर्न विपक्षीहरूको नाममा
देहायअनुसारको निर्देशनात्मक आदेश जारी गरिदिएको छ ।
(१) रिट निवेदकले वैदेशिक रोजगारीमा रहेको नेपाली नागरिकहरूको हकमा
external voting को माग गरे को भए तापनि वर्तमान समयमा ठू लो संख्यामा
नेपाली नागरिकहरू विभिन्न देशहरूमा स्थित नेपालको कु टनैतिक नियोग,
संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रि य संघ संस्थामा काम गर्न, विश्वविद्यालयहरूमा
अध्ययन गर्न तथा विभिन्न पेसा व्यवसाय गर्ने सिलसिलामा विदेशमा रहेको
अवस्थामा वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका नागरिकहरूलाई मात्र
external voting को अधिकार प्रदान गर्दा समान स्थितिका समान नागरिकबीच
विभेद हुने अवस्था सृजना हुने भएकोले विदेशमा रहेका सबै नेपाली नागरिकले
निर्वाचनमा भाग लिई प्रजातन्त्रको महायज्ञमा सामेल भई मतदानको हक उपभोग
गरी सरकार गठन प्रक्रियामा सहभागी हुने सहज र सरल वातावरण निर्माण
गर्नुपर्ने दायित्व नेपाल सरकारमा रहेको छ । तसर्थ वैदेशिक रोजगारीमा रहेका