नेपाली नागरिकहरूमा मात्र मतदानको अधिकार सीमित नगरी विभिन्न उद्देश्यले
विदेशमा रहेका सबै नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न
आवश्यक प्रबन्ध गरी व्यवस्थित गर्नेतर्फ आवश्यक कदम चाल्नू ।
(२) विदेशमा रहेका कस्ता नेपाली नागरिकहरूलाई external voting / out of
country voting right को सुनिश्चितता गर्ने भन्ने सम्बन्धमा विदेशमा बसेको भए
तापनि नेपाली नागरिकता नत्यागेको र अन्य कु नै पनि देशको नागरिकता
नलिएको, मतदानको लागि कानूनबमोजिमको उमेर पूरा भई मतदाता परिचय
पत्र भएको तथा विदेशमा रहेका नागरिकहरूको सम्बन्धमा कु टनीतिक निकायले
तयार गर्ने लगतमा अद्यावधिक भएको व्यक्तिहरूलाई external voting को लागि
योग्य मानी सोही अनुसारको व्यवस्था गर्नु ।
(३) विदेशमा रहेका नागरिकहरूलाई मतदानको अवसर प्रदान गर्नको लागि
कस्तो विधि अवलम्बन गर्ने भन्ने सम्बन्धमा विभिन्न विधिहरू अभ्यासमा रहेकोमा
निर्वाचन गराउँदा सामना हुनसक्ने चुनौतीको पहिचान गर्दै समस्या समाधानको
बाटोसहित निर्वाचन गराउन लाग्ने खर्च, प्रविधि, समायावधि नागरिकहरूको पहुँच,
राजनीतिक दलहरूको आवश्यक तयारीलगायतका पक्षहरूलाई समेत विचार
गर्दा हाम्रो सन्दर्भमा प्रत्यक्ष रूपमा विदेशस्थित कु टनीतिक निकायहरूमा,
प्रतिनिधिमार्फ त् हुलाकमार्फ त वा इलेक्ट्रोनिक भोटिङमध्ये कु न विकल्पको प्रयोग
गर्दा अधिकसे अधिक नागरिकलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित र गोप्य
तरिकाबाट आर्थिक र व्यवस्थापकीय भार वहन गर्न सक्ने गरी मतदानको अवसर
प्रदान गर्न सकिन्छ सो सम्बन्धमा विभिन्न राजनीतिक दलहरू, नागरिक समाज
तथा रिट निवेदक संस्थालगायत सम्बन्धित निकायसँग समेतसँग परामर्श गरी
आवश्यकता परे Pilot test गरी उपयुक्त व्यवस्था मिलाउनू ।
(४) नेपाली नागरिकहरू विभिन्न देश (Host) हरूमा छरिएर रहेका र विदेशी
नागरिकलाई आफ्नो भूमिभित्रबाट मतदान गर्न दिने सम्बन्धमा अलग अलग
देशमा फरक फरक कानून र नीति हुनसक्ने भएकोले विदेशमा रहेका नेपाली
नागरिकहरूलाई सो अवसर दिलाउनको लागि विभिन्न देशहरूका सरकार तथा
आवश्यकताअनुसार नेपाली कामदारहरू कार्यरत रोजगारदाता कम्पनीहरूसँग
आवश्यक कु टनीतिक पहल गर्नू ।
र्ने
र्व भौ
मौ