(५) मतदान गर्ने अधिकार नागरिकको सार्वभौम अधिकार निहित मौलिक एवं
प्रजातान्त्रिक अधिकार भएकोले सो अधिकार उपभोग गर्ने गराउने प्रयोजनार्थ
आवश्यक विधि निर्माण गर्ने दायित्व विधायिकाको भएकोले सोको प्रयोजनार्थ जो
चाहिने आवश्यक व्यवस्थासहितको कानून निर्माणको लागि अविलम्ब संसद् समक्ष
विधायिकी प्रक्रिया पूरा गरी विधेयक प्रस्तुत गर्नको लागि नेपाल सरकार,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयको नाममा आदेश जारी गरिदिएको छ
। साथै अब हुने निर्वाचनहरूमा विदेशमा रहेका नेपाली नागरिकले निर्वाचनमा
भाग लिन पाउने सार्थक अवस्थाहरू सिर्जना गर्न आवश्यक स्रोत सामग्री, प्रविधि,
संरचना तथा व्यवस्थापनको लागि आवश्यक तयारी गरी मतदान गर्न
सक्नेसम्मको अवस्थाहरू सुनिश्चतता गर्न आवश्यक र उपयुक्त पहल गर्नु गराउनू
।
(६) विदेशमा रहेका नागरिकहरूलाई मतदानमा भाग लिन सक्ने अवस्थाको
सिर्जना गर्ने प्रयोजनार्थ विदेशमा रहेका नागरिकहरूको वास्तविक लगत संकलन
गर्न दर्ता प्रक्रिया अविलम्ब सुरू गरी आउँदो निर्वाचनसम्ममा विदेशमा रहेका
नेपाली नागरिकहरूले मतदानमा सहभागी हुनसक्ने वातावरण मिलाउनू ।
१६. यस आदेशको कार्यान्वयनको सम्बन्धमा अनुगमन गर्नको लागि यस
आदेशको प्रतिलिपि फै सला कार्यान्वयन निर्देशनालयमा पठाई तथा यस
आदेशको जानकारी विपक्षीहरूलाई दिई प्रस्तुत रिट निवेदनको दायरीको लगत
कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइ दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. पुरूषोत्तम भण्डारी
इजलास अधिकृ त: सन्देश श्रेष्ठ, शिवप्रसाद पराजुली
चै