अवलम्बित नजिर :
नेकाप २०७०, अंक १०, पृ.१२८८
सम्बद्ध कानून :
नेपालको संविधान
वैदेशिक रोजगार ऐन, २०६४
नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रि य प्रतिज्ञापत्र, १९६६
आदेश
न्या.सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६ तथा १३३(२) बमोजिम
यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश
यसप्रकार छः
रिट निवेदनको बेहोरा
सामाजिक न्यायको लागि कानून तथा नीति नियम मञ्च स्थापनाकालदेखि नै
अन्तराष्ट्रि य मानव अधिकार कानूनअन्तर्गत नेपालले पूरा गर्नुपर्ने दायित्वप्रति
राज्यको ध्यानाकर्षण गराउने, नेपाली नागरिकहरूका संविधान प्रदत्त मौलिक
हकहरू कार्यान्वयन गराउन पहल गर्ने साथै अन्य सार्वजनिक हकहित र
सरोकारका विषयहरूमा जिम्मेवार निकायहरूलाई जवाफदेही बनाई कानूनी
शासनको प्रवर्द्धन गरी मुलुकमा सामाजिक न्याय स्थापनाको लागि योगदान
पुर्याउने मुख्य लक्ष्य रहेको एक मुनाफारहित गैरसरकारी संस्था हो । यस
संस्थाको कार्यकारी निर्देशकको रूपमा रहेको म रिट निवेदक कानून व्यवसायी
हुनाको साथै काठमाडौं स्कु ल अफ ल मा अनुसन्धान विभागको निर्देशकको
रूपमा कार्यरत रहँदै आएको छु । वैदेशिक रोजगारीमा रहेका नेपाली
नगारिकहरू मतदान गर्न पाउने संवैधानिक हकबाट वञ्चित रहनु परे को अवस्था
र्थ