रहेको र उक्त सवालमा म र मेरो संस्थाको सार्थक सम्बन्ध र सारभूत सरोकार
रहेकोले नेपालको संविधानको धारा ४६ र १३३(२)(३) बमोजिम यो निवेदन लिई
सम्मानित अदालतसमक्ष उपस्थित भएको छु ।
लोकतान्त्रिक मुलुकको लागि आवधिक निर्वाचन र सो निर्वाचनमा नागरिकको
सार्थक सहभागिता अपरिहार्य विषय हुने गर्छ । नेपालको संविधानले पनि
आवधिक निर्वाचन र बालिग मताधिकारलाई प्रस्तावनामा नै उल्लेख गरे को छ भने
संविधानको धारा १७(२)(क) मा "प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको
स्वतन्त्रता हुनेछ, धारा १८(१) मा सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् र
कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छै न ।" भन्ने व्यवस्था
गरिएको छ । त्यसैगरी धारा ५१(झ)(५) ले वैदेशिक रोजगारीलाई शोषणमुक्त,
सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकारको प्रत्याभुति गर्न
यस क्षेत्रको नियमन र व्यवस्थापन गर्ने व्यवस्था गरे को छ । त्यस्तै धारा ८४(५) मा
"अठार वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई संघीय कानूनबमोजिम
कु नै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुनेछ" भन्ने उल्लेख छ भने धारा
१७६(५) ले अठार वर्ष उमेर पूरा भएको प्रदेशको क्षेत्रभित्र बसोबास गर्ने प्रत्येक
नेपाली नागरिकलाई कानूनबमोजिम कु नै एक निर्वाचन क्षेत्रमा मतदान गर्न
अधिकार हुनेछ भन्ने व्यवस्था रहेको छ । यसका अतिरिक्त धारा २२२(५) मा
अठार वर्ष उमेर पूरा भएको गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश
भएको व्यक्तिलाई तथा धारा २२३(५) मा अठार वर्ष उमेर पूरा भएको
नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई संघीय
कानूनबमोजिम मतदान गर्ने अधिकार हुनेछ भन्ने व्यवस्था रहेको छ ।
नेपालको संविधान (२०७२) को कार्यान्वयनको सन्दर्भमा तीनवटा महत्त्वपूर्ण
निर्वाचनहरू सम्पन्न गर्नुपर्ने दायित्व नेपाल सरकारमा रहेकोमा हाल पचासौं लाख
नेपाली नागरिकहरू नेपालबाहिर रहेको अवस्था छ । निर्वाचन आयोगको
तथ्याङ्कअनुसार हाल कू ल मतदाताको संख्या १,४०,५४,४८२ रहेकोमा नेपाल
सरकारद्वारा २०१६ मा प्रकाशित तथ्याङ्कअनुसार आ.व.२००८।२००९ देखि २०१४।
२०१५ को अवधिमा कू ल २७,२३,५८७ व्यक्तिले श्रम अनुमति लिएको
ई