८. माथिल्ला प्रकरणहरूमा विवेचना भएबमोजिम वैदेशिक रोजगारको क्रममा
मुलुकबाहिर रहेका नागरिकहरूलाई मुलुक बाहिरबाटै मतदान गर्ने अवसर
दिनुपर्ने देखिँदा अब सो कार्यलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकिन्छ वा
सकिँ दैन भन्ने तेस्रो प्रश्नको सम्बन्धमा विचार गर्दा विपक्षीहरूले पेस गरे को लिखित
जवाफमा नेपालबाहिर मतदान गर्ने व्यवस्था गर्दा त्यसबाट पर्न सक्ने चुनौती,
निर्वाचनको सुरक्षा प्रबन्ध, निर्वाचन व्यवस्थापन, निर्वाचनको अनुमगन, विदेशमा
रहेका मतदान के न्द्रको संख्या निर्धारण, निर्वाचन खर्च र वैदेशिक रोजगारीमा
रहेका नेपाली नागरिकको पहुँच जस्ता विषयलाई मध्यनजर गर्नुपर्ने र विश्वका
कतिपय मुलुकहरूले समेत विदेशमा छरिएर रहेका नागरिकहरूलाई उनीहरू
रहेकै मुलुकबाट मतदान गर्ने सुविधा उपलब्ध गराउन नसके को परिप्रेक्ष्यमा हाम्रो
जस्तो आर्थिक रूपले सक्षम हुन नसके को मुलुकको लागि रिट निवेदनमा
उठाएको विषयवस्तु सान्दर्भिक मान्न मिल्दैन भनी जिकिर लिएको देखिन्छ ।
यसरी विपक्षीहरूले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका
नागरिकरूलाई मतदान गर्ने अवसर प्रदान गर्ने कार्यलाई व्यावहारिकरूपमा
कार्यान्वयन गर्न सकिने कु रामा आशंका उठाएको देखिन्छ । अदालतले गरे का
आदेश व्यावहारिक रूपमा कार्यान्वयन हुन सक्दैन भने त्यसरी आदेश जारी
गर्नुको कु नै औचित्य नहुने भएकोले अदालतले सार्वजनिक सरोकारका यस्ता
विषयहरूमा कु नै आदेश जारी गर्नुपूर्व यसको कार्यान्वयनको सम्भावनालाई
गम्भीरताको साथ विचार गर्नुपर्छ । अतः वैदेशिक रोजगारको क्रममा मुलुकबाहिर
रहेका नागरिकहरूलाई निर्वाचनमा मतदान गर्ने अवसर दिने कार्यलाई
व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकिन्छ वा सकिँ दैन भन्ने प्रश्नमा निर्णय
गर्नको लागि वैदेशिक रोजगारको लागि विदेशमा रहेका नागरिकहरूलाई आफू
रहेको देशबाट नै मतदानमा सामेल गराउन अन्तर्राष्ट्रि य रूपमा कस्तो खालको
विधि र प्रक्रियाहरू अभ्यासमा रहेका छन् तथा यस सम्बन्धमा विभिन्न
मुलुकहरूले गरे को असल अभ्यास (Best Practices) कस्तो छ भन्ने सम्बन्धमा
विवेचना गरिनु वाञ्छनीय हुने देखिन्छ ।
९. वैदेशिक रोजगारको क्रममा विदेशमा रहेका नागरिकहरूलाई मतदानको
अवसर दिनको लागि विश्वभरमा मुख्यतः चार वटा विधिहरू अभ्यासमा रहेको
देखिन्छ । पहिलो विधि वैदेशिक रोजगारमा रहेको नागरिकलाई निज रहेकै
देशमा मतदान के न्द्रको व्यवस्था गरी सोही स्थानमा मत खसाल्ने व्यवस्था गर्ने हो