(१) वैदेशिक रोजगारीको क्रममा गन्तव्य मुलुकमा रहेका कामदारको मताधिकार
सुनिश्चित गर्न मुलुक बाहिरबाटै सबै तह (स्थानीय व्यवस्थापिका, प्रदेश
व्यवस्थापिका र प्रतिनिधि सभा) को निर्वाचनमा मतदान गर्न सक्ने गरी (External
Voting/out of country Voting) कानूनी व्यवस्था तत्काल गर्नु भन्ने निर्देशनात्मक
आदेश जारी गरिपाऊँ ।
(२) मुलुक बाहिरबाटै सबै तहको निर्वाचनमा मतदान गर्न (External Voting) को
लागि आवश्यक पर्ने निर्वाचनसम्बन्धी जो चाहिँने स्रोत साधनसहित पूर्वाधारको
व्यवस्था गरी ती नागरिकहरूलाई मतदान कार्यमा सहभागी हुने अवसर प्रदान
गर्नसमेत आदेश जारी गरिपाऊँ । साथै प्रस्तुत निवेदन पत्रलाई सर्वोच्च अदालत
नियमावली, २०४९ को नियम ६३(३)(६) बमोजिम अग्राधिकारसमेत प्रदान
गरिपाउँ भन्ने बेहोराको रिट निवेदन ।
यस अदालतबाट भएको कारण देखाउ आदेश
यसमा के कसो भएको हो? निवेदकको मागबमोजिम परमादेशको आदेश किन
जारी हुनु नपर्ने हो? आदेश जारी हुनु नपर्ने मनासिब आधार कारण र प्रमाण भए
सोसमेत खुलाई सूचना म्याद प्राप्त भएको मितिले १५ दिनभित्र
महान्यायाधिवक्ताको कार्यालयमार्फ त लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश
र निवेदन पत्रको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना
जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नू ।
साथै प्रस्तुत निवेदनमा नागरिकको मताधिकारको विषय जोडिएकोले चाँडो
निरूपण हुनु मनासिब हुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६३(३)
(च५) बमोजिम अग्राधिकार दिइएको छ भन्ने यस अदालतको मिति २०७४।१।२१
को आदेश ।
विपक्षी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको लिखित जवाफ
र्ष